काठमाडौं । सरकारले १६ अर्ब ३२ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन गर्न बनेको प्रतिस्थापन विधेयक मार्फत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको बताएका हुन । उनले बजेटमार्फत क्रृणको लक्ष्य ३७ अर्बले घटाएको बताएका थिए ।
कुल बजेटको ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१ दशमलव ७२ प्रतिशत चालु तथा ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३ दशमलव १६ प्रतिशत पुँजीगत तर्फ बजेट विनियोजन गरिएको छ । यस्तै, वित्तीय अनुदानतर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११ दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको बताएका हुन ।
यस्तै उनले प्रदेश तथा स्थानीय तहलाई ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३ दशमलव ७२ प्रतिशत बजेट विनियोजन गरेको बताएका थिए ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्पधान विधेयक मार्फत नयाँ ल्याइएको हो । नयाँ बजेट पुरानो बजेटभन्दा १४ अर्ब ७४ करोड रुपैयाँ कम छ । पूर्व अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको ल्याएका थिए ।
[pdf id=293968]