वाणिज्य बैंकको भन्दा दोब्बर लाभांश लघुवित्तको, कुनको कति ?

<p>काठमाडौं । सञ्चालनमा रहेकामध्ये २४ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷०७९ को लाभांश घोषणा गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुले प्रदान गर्नको लागि घोषणा गरेको भन्दा करिब दोब्बर छ । लघुवित्त वित्तीय संंस्थाको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले दिने भएको छ भने सबैभन्दा [&hellip;]</p>

काठमाडौं । सञ्चालनमा रहेकामध्ये २४ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷०७९ को लाभांश घोषणा गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुले प्रदान गर्नको लागि घोषणा गरेको भन्दा करिब दोब्बर छ ।

लघुवित्त वित्तीय संंस्थाको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले दिने भएको छ भने सबैभन्दा कम एनआईसी एसिया लघुवित्तको रहेको छ ।

लघुवित्तहरुले सार्वजनिक गरेको लाभांश अनुसार महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षमा सेयरधनीलाई ५० प्रतिशत लाभांश दिएको छ । यसमध्ये ४७.५ प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने २४ वटा लघुवित्त वित्तीय संस्थाहरुमा सबैभन्दा कम लाभांश घोषणा गर्नेमा एनआईसी एसिया लघुवित्त परेको छ । एनआईसी एसिया लघुवित्तले सेयरधनीलाई ५.४१ प्रतिशत बोनस सेयरमात्र दिने घोषणा गरेको छ ।

सार्वजनिक गरिएको लाभांश अनुसार स्वाभिमान लघुवित्तले ३४ प्रतिशत, सबैको लघुवित्तले ३२.६८ प्रतिशत, उन्नती सहकारी लघुवित्तले ३२ प्रतिशत र सपोट लघुवित्त वित्तीय संथाले ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरिसकेकामध्ये केही लघुवित्त वित्तीय संस्थाहरुको बुक क्लोज भइसकेको छ । बुक क्लोज भइसकेकाहरुमा डिप्रोक्स, साधना, स्वरोजगार, आशा, गुराँस र सिभिल लघुवित्त वित्तीय संस्था हुन् ।

सम्बन्धित समाचार

१५ बैंकका लाभांशः सबैभन्दा बढी हिमालयन बैंकको, कम कुमारीको, अरु कसको कति ?

११ वाणिज्य बैंकको लाभांश विश्लेषणः सबैभन्दा बढी प्रतिफल हिमालयन बैंकको, कम चार्टर्डको

Share News