काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३८०.१८ रुपैयाँबाटै शुरु भएको छ ।
यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो ।