काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५ करोड ९५ लाख रुपैयाँले घटी हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमाससम्ममा ५७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा बढेर ८ करोड ९४ लाख रुपैयाँ रहेको छ । जुन गत वर्ष ५ करोड ८९ लाख रुपैयाँ मात्रै थियो ।
त्यस्तै, बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड ३९ लाख रुपैयाँ छ । गत असोज मसान्तसम्ममा बैंकले कुल ७७ अर्ब ८८ करोड निक्षेप संकलन गरी कूल ७२ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष २६.८९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवमा १८.२९ रुपैयाँमा झरेको छ ।