सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

<p>काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २२ गते बसेको संचालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ । बैंकको अहिले ९ [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २२ गते बसेको संचालक समिति बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ । बैंकको अहिले ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी छ ।

बैंक संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Share News