माछापुच्छ्रे बैंकले ल्याउँदै नेपालपे कार्ड, डिस्कभर र आरयूपे कार्ड पनि चल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । 

एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे । 

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस ) सँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकह?का लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ ।

साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र आरयूपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछ । 

पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकह?लाई जारी समेत गर्नेछ ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट सुरू गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । 

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डह? पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । 

एनसीएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाह?ले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । 

इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरूले कार्ड इस्यू गर्न सुरू गरिसकेका छन् भने तीनवटा कमर्सियल बैंकले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् ।

नेपालका अग्रणी बैंकहरूमध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकहलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रूपान्तरण गर्दै आइरहेको छ । 

देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढी कार्डहोल्डर ग्राहक रहेका छन् । 

Share News