काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी मंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरको छ । कम्पनीले सो दिन बिहान ८ बजेदेखि साढे ११ बजेसम्म काठमाडौंको बत्तिसपुतली अनुपम फुडल्याण्डमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभाले गत वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी मंसिर ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
निफ्राको लाभांश परिमार्जन, अब नगदको सट्टा बोनस सेयर दिने