नेपाल एसबीआई बैंकले ५.३१ प्रतिशत लाभांश दिने, लाभांश घोषणापछि घट्यो सेयर मूल्य

<p>काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंककाे चुक्ता पुँजी ९ अर्ब ४९ कराेड छ । उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंककाे चुक्ता पुँजी ९ अर्ब ४९ कराेड छ ।

उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् ।

लाभांश घोषणापछि बैंककाे सेयर मूल्य घटेकाे छ । मंगलबार ३५२ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर मूल्य बुधबार खुल्ने वित्तिकै ६ रूपैयाँले घटेकाे छ ।

Share News