काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत (८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
उक्त सभामा जान बैंकले आगामी मंसिर २४ गते बुक क्लोज गर्दै छ । यससँगै मंसिर २३ गतेसम्म कायम सेयरधनीले उक्त प्रस्तावित लाभांश पाउने छन् ।