‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

<p>काठमाडाैं । नबिल बैंककाे ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७ हजार १०८  थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएकाे हाे । सूचीकरणकाे लागि सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका  प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र [&hellip;]</p>

काठमाडाैं । नबिल बैंककाे ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७ हजार १०८  थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएकाे हाे ।

सूचीकरणकाे लागि सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका  प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि साउन १० गते आव्हान गरी साउन ३१ गतेमा बाँडफाँड गरेको थियो । सूचीकृत डिबेन्चरको दोश्रो बजारको कारोबार भोलि (मंसिर १६) देखिबाट नेप्सेमा शुरु हुनेछ । ७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साल साउन ३० गते हुनेछ ।

साथै, नबिल बैंकले यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरेकाे छ ।

 

Share News