लाभांश पारित गर्न प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा

<p>काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसन गर्ने गरिने सम्बन्धी प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई सभाले अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस ४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले प्रस्तावित लाभांश पाउने छन् ।

Share News