काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेका छन् । मंगलबार ४ बजे सुरू भएको बैठकमा अर्थमन्त्री शर्माले कर प्रस्ताव बाहेकको बजेटको सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।
उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले निजी क्षेत्रमैत्री बजेट आउने बताए । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले निजी क्षेत्रलाई पनि समस्या परेकोले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताए ।
आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्ततु गर्दै उनले भने, सार्वजनिक ऋण तथा मुद्रास्फितीलाई कन्ट्रोल गर्न उत्पादनशील क्षेत्रमा लगानी बढाइ रोजगारी सिर्जना तथा आर्थिक वृद्धिदर बढाउनमा आगामी बजेट केन्द्रित हुनेछ, कृषिका पूर्वाधारको निर्माणमा गर्नका लागि अधिकतम बजेट छुट्याउने, घरेलु तथा साना उद्योगमार्फत् ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गर्नमा बजेट फोकस हुनेछ ।’
यस्तै, उनले भूमीहीन तथा आवसविहिनलाई सुरक्षित आवास निर्माण गर्ने, स्वदेशी कच्चा वस्तुको उत्पादन बढाई निर्यात बढाउने, प्राथिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन बढाउने, सम्भावना भएका क्षेत्रमा लगानी बढाइने, अनुत्पादन क्षेत्रमा बजेट कटौति गर्ने, राजश्व चुहावट नियन्त्र तथा कर प्रणालीलाई दीगो र करको दायरा बढाउने कार्यक्रमहरू बजेटको प्राथमिकतामा पर्ने बताए ।
संसद बैठकमा उनले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ तालिम जस्ता विषयमा प्राथमिकता दिने, कृषि उपजको बजार सिर्जना गर्ने, वैदेशिक लगानी प्रवद्र्धन गर्ने, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, सडक पूर्वाधारको स्तरोन्नति गरी यात्रा समय घटाउने, भौतिक पूर्वाधारको नियमित निर्माण तथा सुधार गर्ने, विद्युत खपत बढाउने लगायतका विषय बजेटमा प्राथमिकतामा पर्ने बताए ।
आगामी बजेटमा स्वास्थ्य बीमा विस्तार, पुर्वाधार निर्माणमा जोड, अनुसन्धान र विकासमा लगानी बढाउने, सबै नागरिकलाई खानेपानीको सुविधा उपलब्ध गराउने, कोभिडबाट प्रभावित होटललाई प्रोत्साहन गर्ने विषयमा हाम्रो ध्यान जान्छ,’ उनले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै भने ।
उनले आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान अर्थतन्त्रको चुनौति भएकाे बताउँदै बजेट आयात घटाउनमा केन्द्रित हुने बताए । उनले बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुनेमा जाेड दिए ।
[pdf id=328157]