पपुलिष्ट बजेट ल्याएर जनता रिझ्याउने अर्थमन्त्री शर्माको तयारी, यस्ता छन् मूख्य कार्यक्रम

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठको १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानलाई कार्यान्वयनका लागि सरकारले भोलि आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारले आगामी आर्थिक वर्ष २०७९/८० [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठको १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानलाई कार्यान्वयनका लागि सरकारले भोलि आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को पपुलिष्ट बजेट ल्याउने तयारी गरेको बुझिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटका नीति तथा सिद्धान्त र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै ढर्राकै देखिएपनि अर्थमन्त्री शर्माले बजेटमार्फत् सबैलाई सरप्राइज दिने तयारी गरेको बुझिएको हो ।

शर्माले आगामी बजेटमार्फत् बजेट खर्चको प्राथमिकता र राजस्व संकलनको संरचनामा नै परिवर्तन ल्याउने गरी बजेटको तयारी गरेको स्रोतको भनाइ छ । अर्थमन्त्री शर्माले कर्मचारीको तलब बढाउने वर्ष भएकोले पनि कर्मचारीको तलब बढाइ, वृद्धभत्ताको पाउने उमेरमा पुनरावलोकन गरी र करका दर तथा विषयहरू चलाएर पपुलिष्ट बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

‘कर्मचारीको तलब बढाउने समय पनि यही पर्यो, वृद्धभत्ता विषय पनि उठिरहेको छ, अहिले अर्थतन्त्रमा पनि ठूलो समस्या छ, सरकारले आयात प्रतिस्थापनको विषयलाई जोड दिइरहेको छ, त्यसैले पनि निर्यातजन्य वस्तुमा लाग्ने भन्सारदरमा केही परिवर्तन गर्ने देखिएको छ, करका विषयहरूलाई पनि सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ, आगामी वर्षको बजेट पपुलिष्ट देखिने छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

स्रोतका अनुसार सरकारले बजेटमार्फत् गैर आवासिय नेपाली (एनआरएन)हरूका लागि पनि केही कार्यक्रम ल्याउनेछ । आईपीओमा कोटा छुट्याउनेदेखि रेमिट्यान्समा केही सहुलियत दिने विषय पनि बजेटमा उल्लेख हुने स्रोतको भनाइ छ ।

यस्तै, सरकारले यस पटक बजेटमा विशेष व्यवस्था गर्दै कृषिमा आकर्षक प्याकेज ल्याउने तयारी गरेको पनि बुझिएको छ । कृषिजन्य उद्योग तथा उत्पादनमा आकर्षक प्याकेज घोषणा गरेर युवालाई कृषिमा काम गर्नका लागि सहजीकरण गर्ने कार्यक्रम ल्याउने बुझिएको छ ।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि निर्यातजन्य वस्तुमा सहुलियत तथा भन्सार दर छुट दिने विषय पनि बजेटमा आउने स्रोतको दाबी छ । बजेटमा युवालाई स्वदेशमै रोजगारी सिर्जनाका लागि सहुलियत ब्याजमा कर्जाको व्यवस्था पनि गर्न लागेको छ ।

सरकारले बजेटपछि प्रदेश र संघको चुनाव पनि निकट नै आउने भएकोले जनालाई रिझ्याउनै भएपनि बजेटमा आकर्षक कार्यक्रमहरू घोषणा हुने जानकारहरू बताउँछन् ।

स्रोतका अनुसार आगामी वर्षको बजेटले विशेष गरेर कृषिजन्य वस्तु उत्पादन, शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता क्षेत्रहरुलाई विशेष प्राथमिकता दिनेछ भने विलासिताका वस्तुलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउनेछ ।

सम्बन्धित सामग्री : कर्मचारीको तलब बढ्ने, वृद्धभत्ता ६८ वर्षमै, आयकरको सीमा परिर्वतनदेखि भन्सारदर घट्नेसम्म

Share News