स्वदेश वा विदेशमा भएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गरिने, श्रम मन्त्रालयको बजेट ९ अर्ब १३ करोड

<p>काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९र८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । सरकारले सहरी गरिबलाई आधारभूत सुविधासहितको अपार्टमेन्ट निर्माण गरिदिने भएको छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९र८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

सरकारले सहरी गरिबलाई आधारभूत सुविधासहितको अपार्टमेन्ट निर्माण गरिदिने भएको छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । साथै, उनीहरुलाई रोजगार र स्वरोजगार प्रदान गर्न क्षमता विकास र सीपमूलक तालिम दिने भएको छ ।

यस्तै, सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कार्यक्रम अघि बढाएको छ भने स्वदेशमा रहेका स्वरोजगारलाई नागरिक लगानी कोषले संचालन गरेको नागरिक पेन्सन योजनामा आवद्ध गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

Share News