काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बजेट सकारात्मक आएको बताएका छन् ।
उनले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताए ।
उनले अक्षरशं रुपमा बजेट कार्यान्वयन गर्न सके धेरै राम्रो रहेको बताउँदै बजेट महत्वकांक्षी नभएको र त्यहाँ भएको तथ्याङ्कहरु पुर्याउन नसक्ने किसिमका नभएको बताए ।