बजेट निर्माणमा मन्त्रालयका जिम्मेवार अधिकारीबाहेक अरुको सहभागीता छैन : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा तोकिएका व्यक्ति बाहेक अन्य व्यक्तिको सहभागीता नभएको प्रष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको प्रष्टीकरण दिएका हुन । प्रतिनिधिसभामा सांसद्हरुले उठाएको जवाफ दिदैं अर्थमन्त्री शर्माले मध्यरातमा कोहीपनि व्यक्ति नआएको र बजेट मन्त्रालयका कर्मचारीले बनाएको बताए । अर्थसचिव र [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा तोकिएका व्यक्ति बाहेक अन्य व्यक्तिको सहभागीता नभएको प्रष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको प्रष्टीकरण दिएका हुन ।

प्रतिनिधिसभामा सांसद्हरुले उठाएको जवाफ दिदैं अर्थमन्त्री शर्माले मध्यरातमा कोहीपनि व्यक्ति नआएको र बजेट मन्त्रालयका कर्मचारीले बनाएको बताए ।

अर्थसचिव र राजश्व सचिव र मातहत रहेका सदस्यहरुबाट तोकिएको जिम्मेवारीभित्र रहेर कार्यसम्पादन गरिएको भन्दै उनले भ्रामक, कपोकल्पीत रुपमा कथा बनाएर बाहिर प्रचार गरिएको आरोप समेत लगाए ।

मन्त्रालयमा भएको विभिन्न क्षेत्रका प्रतिनिधिसँग भएको छलफलबाट प्राप्त सुझाव, सम्बन्धित मन्त्रालयबाट आएकोे कार्यक्रमबाट समेटिने परम्परा अनुसार नै बजेट बनाईएको उनले दाबी गरे ।

‘अर्थमन्त्रीको हैसिएतले प्राप्त भएको जिम्मेवारी अनुसार नै बजेट बनाईएको हो, जिम्मेवारी भन्दा बाहेकका व्यक्ति समावेश भएको कुरा झट्टा हो’, उनले भने ।

‘बजेट निर्माण गर्दा राती १२ बजे आएको कुरा भ्रामक र झुटा भएको हुँदा खारेज गर्न चाहन्छु, मन्त्रालयका जिम्मेवार अधिकारीहरु अर्थसचिव र राजस्व सचिवको निर्देशननमा कार्यविभाजन गरेर बजेट तयार भएको हो,’ उनले भने ।

Share News