मधेस प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार

<p>काठमाडौं । मधेस प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रहेको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । कुल बजेटको चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८३ करोड २० लाख ८० हजार बिनियोजन गरिएको मन्त्री शाहले बताएका छन् । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड [&hellip;]</p>

काठमाडौं । मधेस प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रहेको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् ।
कुल बजेटको चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८३ करोड २० लाख ८० हजार बिनियोजन गरिएको मन्त्री शाहले बताएका छन् । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि खर्च व्यवस्थापन मध्ये प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरुमा रहेको संचिति रकम ३८ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने ११ अर्ब ६१ करोड ९८ लाख, समानिकरण अनुदानबाट संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ८१ करोड ५८ लाख, चालु आर्थिक वर्षको बिनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदानमार्फत संघीय सरकारबाट प्राप्त हुने ४९ करोड, समपुरक अनुदानमार्फत ७८ करोड, संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ८९ लाख २८ हजार हुने अर्थमन्त्री साहले बताएका छन् ।

उल्लेखित स्रोतहरुबाट प्राप्त हुने रकमले पनि १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून हुने र सो न्यून बजेट पुर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने मन्त्री साहले बताए ।

Share News