बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

<p>काठमाडौं । संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जबाफ दिएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। यस्तै, आजको बैठकमा रक्षा मन्त्रालय, राष्ट्रपतिको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जबाफ दिएका छन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

यस्तै, आजको बैठकमा रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएसँगै बजेट पास हुनेछ।

Share News