सूर्या र ज्योति लाईफबीच मर्जर सम्झौता, १ः१ स्वाप रेसियो भए ५ अर्ब पुँजी पुग्ने

<p>काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । आइतबार होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा मर्जरको सम्झौता गरेसँगै दुबै कम्पनी मर्जरमा जाने भएका हुन् । उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता [&hellip;]</p>

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । आइतबार होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा मर्जरको सम्झौता गरेसँगै दुबै कम्पनी मर्जरमा जाने भएका हुन् ।

उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काका अनुसार अहिले दुई कम्पनीबीच मर्जरको प्रारम्भिक सम्झौता भएको हो । कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने उनको भनाई छ ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दुर्त गतिमा अगाडि बढाइने जानकारी गराइने इन्स्यारेन्सले जनाएको छ ।

नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने छ । साथै, नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाई लाभ हुने दुवै कम्पनीको विश्वास छ ।

Share News