काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औं इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर नेपाल’ को उपाधि हात पारेको छ ।
इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित एक भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो ।
सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले विगतका दिनहरूमा झैं आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ।