अधिकांश म्युचुअल फण्ड घाटामा हुँदा ६ वटा फाइदामा

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत २५ वटा म्युचुअल फण्डमध्ये ६ वटा मात्रै फाइदामा छन् । गत शुक्रबारसम्मको तथ्यांक हेर्दा ६ वटा फाइदामा र बाँकी १९ वटा घाटामा देखिएका हुन् । फाइदामा रहेका म्युचुअल फण्डमा एनएनबी क्यापिटलको दुई वटा, एनआईसी एशिया क्यापिटलको २ वटा, सानिमा क्यापिटल र सनराइज क्यापिटलको एक/एक वटा रहेका छन् [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत २५ वटा म्युचुअल फण्डमध्ये ६ वटा मात्रै फाइदामा छन् । गत शुक्रबारसम्मको तथ्यांक हेर्दा ६ वटा फाइदामा र बाँकी १९ वटा घाटामा देखिएका हुन् ।

फाइदामा रहेका म्युचुअल फण्डमा एनएनबी क्यापिटलको दुई वटा, एनआईसी एशिया क्यापिटलको २ वटा, सानिमा क्यापिटल र सनराइज क्यापिटलको एक/एक वटा रहेका छन् । अहिलेको अवस्थामा एनएमबी ५०, सानिमा इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, एनआईसी एशिया ग्रोथ फण्ड, सनराइज फर्ष्ट म्युचुअल फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड फाइदामा छन् ।

जसमध्ये एनएनबी क्यापिटलको म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी ५० अहिलेको अवस्थामा सबैभन्दा बढी फाइदामा देखिएको छ । हाल उक्त फण्डको इकाई मूल्य १२.७१ रुपैयाँ रहेको छ । जसको प्रतिइकाई न्यून्तम १०.७२ रुपैयाँदेखि अधिकतम १८.४७ रुपैयाँसम्म किनबेच भएको छ ।

त्यस्तै, दोश्रोमा सानिमा इक्विटी फण्ड छ । हालै उक्त फण्ड प्रतिइकाई १२.६० रुपैयाँसम्म किनबेच भएका छन् । एनएमबी हाइब्रिड फण्ड एल १ को प्रतिइकाई ११.०८, एनआईसी एशिया ग्रोथ फण्डको १०.९३, सनराइज फर्ष्ट म्युचुअल फण्डको १०.८२ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको प्रतिइकाई १०.५० रुपैयाँमा किनबेच भएको छ । जुन अंकित मूल्य भन्दा बढी हो ।

म्युचुअल फण्डको आधारभूत अर्थात अंकित मूल्य १० रुपैयाँ हो । पछिल्लो समय अधिकांश म्युचुअल फण्डको मूल्य आधारभूत मूल्यभन्दा पनि तल छ । सूचीकृतमध्ये १९ वटा म्युचुअल फण्ड घाटामा छन् । दोश्रो बजार निरन्तर घटेसँगै त्यसको प्रभाव अन्य कम्पनीको सेयरमाजस्तै अधिकांश म्युचुअल फण्डमा पनि देखिएको हो ।

नेप्सेका अनुसार आठ वटा फण्डको मूल्य ९ देखि १० रुपैयाँसम्म, नौ वटाको ८ देखि ९ रुपैयाँसम्म र बाँकी दुई वटाको मूल्य ८ रुपैयाँभन्दा पनि तल छ । प्रतिइकाई आठ रुपैयाँभन्दा तल हुनेमा एनआईबीएल सम्बृद्धि फण्ड २ र मेगा म्युचुअल फण्ड १ रहेका छन् । पछिल्लो कारोबारमा यी फण्डको मूल्य प्रतिइकाई क्रमशः ७.८६ र र.७५ रुपैयाँ छ ।

४ फण्ड : जसमा लगानी गर्ने निरन्तर फाइदामा

हालसम्म ४ वटा फण्ड भने निरन्तर फाइदामा छन् । एनएमबी ५०, सानिमा इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, एनआईसी एशिया ग्रोथ फण्ड बजारमा सूचीकृत भएदेखि अहिलेसम्म कुनै दिन पनि घाटामा गएर कारोबार भएको रेकर्ड छैन । बजार जति पनि घटेपनि यसमा लगानी गर्ने लगानीकर्ताहरु भने हालसम्म फाइदामा नै छन् ।

कुनको कति ?

Share News