काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेर ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत घटेर ७ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ र सञ्चालन नाफा ४७.८६ प्रतिशत घटेर ६७ करोड २९ लाख रुपैयाँ छ ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप ४.८० प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा ७.८२ प्रतिशत घटेर २ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ६५.३९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्षको चैतमा ५.७५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ८.८५ प्रतिशतमा पुगेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.४१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९२.०४ गुणा छ ।