काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/३ को तेस्रो त्रैमासमा खुद नाफा ५०.४३ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशत बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा १६.६४ प्रतिशत बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ८ करोड६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप १५.९६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ र कर्जा १२.५७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा १.७६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर १.२२ प्रतिशतमा झरेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर १८.३० रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १२.१६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ ।