काठमाडाैं । पुर्व प्रधानमन्त्री र उपाध्यक्ष विष्णु पाैडेलले यतिबेला मुलुक बजेट बिहिन अवस्थामा पुगेको बताएका छन् । साेमबार काठमाडाैंमा आयाजित कार्यक्रममा बाेल्दै पाैडेलले यस्ताे बताएका हुन् ।
उनले बजेटको निर्माण प्रक्रियामा नै प्रश्न उठेर छानबिन कार्यदल बनेको अवस्थामा बजेट कसरी कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे ।
‘हो सदनले नै बजेट पास गरेको हो तर बजेट बनाउने प्रक्रियामा जे जस्ता अवैधानिक पात्रको सहभागिता भयो, अपराधकर्म भयो त्यसको कार्यदल नै स्वयं सदनले बनाएको छ । त्यसैले त्यो कार्यदलको निश्कर्ष नआउने बेलासम्म बजेट कार्यान्वयन हुनसक्दैन,’ उनले भने ।