काठमाडौं । जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा छन् । जसको लागि दुई कम्पनीले असार ३० गते बुधबार सम्झौता गर्न लागेका हुन् ।
‘एमओयू भोलि बिहीबार गर्ने तयारी भइरहेको छ,’ जनरल इन्स्योरेन्सका सीईओ रामचन्द्र श्रेष्ठले विकासन्युजसँग बताए ।
यद्पि, हालसम्म स्वाप रेसियो, मर्जर पछि बन्ने कम्पनीको सीईओ, सञ्चालक समिति लगायतका विषय टुङ्गो लागि नसकेको उनले बताए ।
हाल जनरल इन्स्योरेन्स र सानिमा जनरल दुबै इन्स्योरेन्सको चुक्ता पुँजी १ १ अर्ब रुपैयाँ छ । यदि दुई इन्स्योरेन्स १ बराबर १ अनुपातको स्वाप रेसियोमा मर्ज भए मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । बीमा समितिले न्यूनतम पुँजी २ अर्ब ५० करोड रूपैयाँ तोकेको छ ।