मर्जरमा जाने बैंकले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने, यस्ता छन् अन्य सुविधा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने भएका छन् । बुधबार बैंकहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा जाने बैंकहरुलाई उक्त सुविधा दिने व्यवस्था गरेको हो । ‘२०७९ पुस मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने भएका छन् । बुधबार बैंकहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा जाने बैंकहरुलाई उक्त सुविधा दिने व्यवस्था गरेको हो ।

‘२०७९ पुस मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन,’ निर्देशनमा उल्लेख छ ।

यो बाहेक २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरुले विभिन्न ४ छुट पाउने भएका छन् ।

सो अवधिमा एकीकृत कारोबार गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।

त्यस्तै, काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।

साथै, राष्ट्र बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम्संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिने छ ।

र, केन्द्रिय बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप भएको छ ।

Share News