एनआईविएल प्रगति फण्डले खातामा पठायो लाभांश

<p>काठमाडौं । एनआइविएल एस क्यापिटलको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेको छ । फण्डले आर्थिक वर्ष २०७८÷०७९ को लागि इकाईधनीहरूलाई ४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । सोही लाभांश आइतबारदेखि इकाईधनीहरुको खातामा पठाउन थालेको हो । फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भईनसकेका इकाईधनीहरूले आफ्नो [&hellip;]</p>

काठमाडौं । एनआइविएल एस क्यापिटलको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७८÷०७९ को लागि इकाईधनीहरूलाई ४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । सोही लाभांश आइतबारदेखि इकाईधनीहरुको खातामा पठाउन थालेको हो ।

फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भईनसकेका इकाईधनीहरूले आफ्नो खाता नं. अद्यावधिक गराउन अनुरोध गरेको छ । हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।

Share News