काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् ।
बस्यालले सोमबार अर्थ मन्त्रालयमा नेप्सेको अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । बस्यालले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।
बस्याल २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए । त्यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए ।