काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुधबार बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत अर्थात् १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले लाभांश पारित गर्न कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।