काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जेलामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।
उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।