बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

<p>काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार चैनपुरबाट मष्टा गाउँपालिकातर्फ गइरहेको सु.प.प्र ००१– ००१ च ११७ नम्बरकाे जीप दुर्घटनामा परेको हो । चिउरी भन्ने ठाउँमा भएकाे दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । १५/१६ सवार सो जीपमा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका [&hellip;]</p>

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार चैनपुरबाट मष्टा गाउँपालिकातर्फ गइरहेको सु.प.प्र ००१– ००१ च ११७ नम्बरकाे जीप दुर्घटनामा परेको हो । चिउरी भन्ने ठाउँमा भएकाे दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । १५/१६ सवार सो जीपमा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले ६ जनाको मृत्यु भएको बताए । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

‘हामी अहिले पनि उद्वारमा नै छौं, ६ जनाको मृत्यु भइसकेको छ, जीपमा १५/१६ जना सवार रहेको बुझिएको छ, अन्य विवरण भने आएको छैन,’ उनले विकासन्युजसँग भने ।

Share News