लम्बिनी विकास बैंकले साढे ३९ करोड रुपैयाँ लाभांश वितरण गर्ने

<p>काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँको २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ नगद र ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बोनस सेयर गरी कूल ३९ करोड ४१ लाख १५ हजार १०१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News