काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ४ प्रतिशत बोनसको लागि बैंकको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २४२.१२ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको मंसिर २० गतेको अन्तिम कारोबार मूल्य अर्थात प्रतिकित्ता २५१.८० रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो ।
यससँगै बुधबारको सेयर बजारमा बैंकको पहिलो सेयर कारोबार समायोजित मूल्य (प्रतिकित्ता २४२.१२ रूपैयाँ) लाई नै आधार मानेर हुने छ ।