राष्ट्रिय वाणिज्य बैंकले ४ वटा शाखा कार्यालयलाई छुट्यायो बजेट

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ठाउँको ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माण कार्य गर्ने भएको छ । बैंकले विभिन्न ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माणका लागि रकम विनियोज गरेको हो । बैंकको छिन्चु, सुखिपुर, लहान र विराटचोक शाखा कार्यालय भवनको आन्तरिक कार्य गर्न रकम छुट्याएको हो । बैंकले छिन्चु शाखाका लागि ६२ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ठाउँको ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माण कार्य गर्ने भएको छ । बैंकले विभिन्न ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माणका लागि रकम विनियोज गरेको हो ।

बैंकको छिन्चु, सुखिपुर, लहान र विराटचोक शाखा कार्यालय भवनको आन्तरिक कार्य गर्न रकम छुट्याएको हो ।

बैंकले छिन्चु शाखाका लागि ६२ लाख २७ हजार ६४० रुपैयाँ, सुखिपुर शाखाका लागि ५३ लाख ४१ हजार ३४१ रुपैयाँ, लहान शाखाका लागि १ करोड २१ लाख ६९ हजार ८४३ रुपैयाँ र विराटचोक शाखा कार्यालयका लागि ७७ लाख ११ हजार १९ रुपैयाँ छुट्याएको छ ।

उक्त शाखा कार्यलयको आन्तरिक कार्य गर्न बोलपत्र आह्वान गरेको छ ।

Share News