काठमाडौं । एनआईसी एशिया क्यापिटल स्थापनाको छैठौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।
क्यापिटलले छैठौं वार्षिकोत्सवको अवसरमा क्यापिटलबाट प्रदान गर्ने लगानी व्यवस्थापन सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, निक्षेप सदस्य सेवा, सेयर रजिष्ट्रार सेवा र निष्काशन तथा बिक्री प्रबन्ध सेवामा छुट योजना ल्याएको हो ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले मात्र ६ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त अफर योजना २०७९ साल चैत मसान्तसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एशिया म्युचुअल फण्ड सेवा
क्यापिटले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डुको सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लानमा फाल्गुन २२ देखि चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ६ जनालाई ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराउने बताएको छ ।
संस्थागत परामर्श
यस योजनामा क्यापिटलले संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना ल्याएको छ ।
निक्षेप सदस्य सेवा
क्यापिटलले फागुन २२ देखि चैत्र मसान्तसम्म ९९९ लाइफटाइम डिम्याट योजनमा सहभागि हुने ग्राहकलाई ९९९ रुपैयाँ क्यासब्याक, १००० लाइफटाइम मेरो सेयर योजनामा सहभागिलाई १ हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराउनेछ ।
यस्तै, बिओ टु बओि मार्फत एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्था समेत मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
सेयर रजिष्ट्रार सेवा
यस योजनमा क्यापिटलले चैत मसान्तभित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रुपैयाँमा सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने छ ।
निष्काशन तथा बिक्री प्रबन्ध सेवा
क्यापिटलले चैत मसान्तभित्र आईपीओ तथा हकप्रद सेयर निष्काशन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्काशन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने जानकारी दिएको छ ।