सूर्याेदय वोमी लघुवित्तको सेयर बिक्रीमा

<p>काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक सेयरधनी निलम कुमार जि.टी.को ३ हजार कित्ता र प्रकाश थापा मगरको नाममा रहेको ४ हजार गरी कूल ७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन [&hellip;]</p>

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक सेयरधनी निलम कुमार जि.टी.को ३ हजार कित्ता र प्रकाश थापा मगरको नाममा रहेको ४ हजार गरी कूल ७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

लघुवित्तको कर्पाेरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा पुग्नेगी आफूले खरिद गर्ने सेयर कित्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ ।

लघुवित्तको संस्थापक सेयरको मूलय दोस्रो बजारमा प्रतिकित्ता ४४७.७० रुपैयाँ रहेको छ । तर, लघुवित्तले बिक्रीमा राखेको सेयरको मूल्य तोेकेको छैन ।

Share News