महुली लघुवित्तका संस्थापक सेयर बेचेर बाहिरीँदै

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी दिलिप कुमारी मंडरको नाममा रहेको १ हजार ३ सय, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआईसी एशिया [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

संस्थापक सेयरधनी दिलिप कुमारी मंडरको नाममा रहेको १ हजार ३ सय, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआईसी एशिया बैंकको ५ हजार १८१ कित्ता गरी कूल १३ हजार ७२ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Share News