काठमाडौं । अर्थ मन्त्रालय अन्तरगत रहेको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी उत्तर कुमार खत्रीले पाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालीन महाशाखा प्रमुख धनीराम शर्मालाई हटाएर खत्रीलाई जिम्मेवारी दिएका हुन ।
अर्थमन्त्रीमा नियुक्त भएपछि महतले आफू माताहातका तीन जना सहसचिवलाई अर्थ मन्त्रालय भित्र्याएका छन् । नयाँ टिम बनाउन अर्थमा तीन जना सहसचिवलाई भित्र्याईएका छन् भने दुई जनालाई हटाएका छन् ।
अर्थमन्त्री महतले बजेट लेखनको टिम समेत बनाइसकेका छन् । अर्थमन्त्री डा. महतको चैत २४ को मन्त्रीस्तरीय निर्णय गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ ।
उक्त समितिको सदस्यहरुमा सहसचिवहरु खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् ।
सम्बन्धित समाचार : अर्थमन्त्री महतले आफू निकट सहसचिवलाई भित्र्याए, बाहिरिए दाहाल र आचार्य