मार्केट पण्डित क्यापिटलको हकप्रद सेयर बिक्रीमा

<p>काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङले हकप्रद सेयर बिक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम सेयरधनीहरूका लागि एक सेयर बराबर नयाँ शून्य दशमलव पाँच सेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । प्रतिसेयर १०० अंकित मूल्यमा बिक्रीमा आएको यो हकप्रद सेयर खरिदका लागि सम्बन्धित सेयरधनीहरूले आगामी [&hellip;]</p>

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङले हकप्रद सेयर बिक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम सेयरधनीहरूका लागि एक सेयर बराबर नयाँ शून्य दशमलव पाँच सेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १०० अंकित मूल्यमा बिक्रीमा आएको यो हकप्रद सेयर खरिदका लागि सम्बन्धित सेयरधनीहरूले आगामी जेठ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर बराबरको रकम कम्पनीको प्रभु बैंकको चल्ति खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले पनि पूँजी बढाउनका लागि हकप्रद जारी गरेको बताएको छ ।

Share News