अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि [&hellip;]</p>

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि आवेदन दिन निर्णय पगरेको छ ।

कम्पनीले उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ ।

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने छ ।

Share News