बजेटमा बैंकको ब्याज एकल अंकमा हुनु पर्ने व्यवस्था गर्नु पर्छ : उपाध्यक्ष श्रेष्ठ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बैंकको ब्याज एकल अंकमा हुनु पर्ने बताएकी छिन् । उनले बैंकको ब्याज एकल अंक हुनु पर्ने गरी बजेटमा नै व्यवस्था हुनु पर्ने बताएकी हुन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा बैंकको ब्याजदर एकल अंक कायम हुनु पर्ने बताएकी हुन् [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बैंकको ब्याज एकल अंकमा हुनु पर्ने बताएकी छिन् । उनले बैंकको ब्याज एकल अंक हुनु पर्ने गरी बजेटमा नै व्यवस्था हुनु पर्ने बताएकी हुन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा बैंकको ब्याजदर एकल अंक कायम हुनु पर्ने बताएकी हुन् ।

‘व्यवसायीहरूले बैंकको महँगो ब्याज तिर्न सकिरहेको अवस्था छैन, अब सरकारले बजेट ल्याउने दिन नजिकिँदैछ, बजेटमार्फत् नै स्थीर ब्याजदरको नीति अगाडि सारेर एकल अंकमा कायम गर्नु पर्छ,’ उनले भनिन् ।

उनले ब्याज घटाएर लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने बताइन् । उनले स्टार्टअप एंवम् लघु, घरेलु, साना तथा मझौला उद्यमीका लागि सहज तरिकाले कर्जा व्यवस्था मिलाई नयाँ कार्यक्रमको आवश्यकता रहेको पनि बताइन् ।

सामानहरू निर्यात तथा आयात गर्दा लाग्ने करमा सहुलियत गर्नु पर्ने उनको भनाइ छ । ‘हामीले उद्योगमा चाहिने कच्चा पदार्थ आयात गरेर ल्याउँछौं, त्यसमा पनि छुटदेखि सहजीकरणको व्यवस्था मिलाउनु पर्याे र अन्यमा भन्दा औद्योगिक क्षेत्रमा एक प्रतिशत ब्याजदर कम भयो भने उत्पादन वृद्धि हुन्छ, नयाँ उद्योगलाई पनि थप सहज हुन्थ्यो,’ उनले भनिन् ।

यस्तै, उनले औद्योगिक क्षेत्रमा बेला–बेला हुने लोडसेडिङलाई हटाउनु पर्ने उनको भनाइ छ । उनका अनुसार कर सम्बन्धी नीति नियम पनि स्पष्ट हुने गरी बनाउन आवश्यक छ ।

बजेटमा आएको कार्यक्रमको कार्यान्वयन फितलो भएको उनको भनाइ छ । सरकारले समयमा खर्च गर्न नसक्दा बजारमा पैसाको अभाव भएको र यसले अर्थतन्त्र नै समस्यामा परेको उनले बताइन् ।

‘निजी क्षेत्रले देशको अर्थतन्त्र सुधारका लाग ठूलो भूमिका खेल्दै आएको छ, देशको आर्थिक अवस्था बारे सबैलाई थाहा छ, यसको सुधार र अर्थतन्त्रलाई चलायमान हुने खालको कार्यक्रम आगामी बजेटमा आवश्यक छ, सरकार र निजी क्षेत्रको सहकार्य गरी अगाडि बढ्ने हो भने अर्थतन्त्रमा पनि सुधार ल्याउन सकिन्छ,’ उनले भनिन् ।

Share News