मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४ जनाले पाए ११ कित्ता

<p>काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधबार कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख [&hellip;]</p>

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधबार कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता सेयर निष्काशन गरेको थियो ।

सो सेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ ।

स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

Share News