संकटबाट पार पाउन लिवर्टी इनर्जीले खोज्यो बैंकबाट ऋण, हकप्रद सेयर र मर्जको बाटो

<p>काठमाडौं । पटक पटक बाढी पीडित बनेकाे लिवर्टी ईनर्जी कम्पनीले संकट टार्न अनेक विकल्प अगाडि सारेकाे छ । उसले बैंकबाट ऋण लिने, हकप्रद सेयर निष्काशन गरेर सेयरधनीबाट पुँजी संकलन गर्ने र उपयुक्त कम्पनीसँग मर्ज पनि गर्ने विकल्पहरू अगाडि सारेकाे छ । कम्पनीले ११ औँ, १२ औँ र १३ औँ गरी तीन वर्षको वार्षिक साधारण सभा एकैपटक [&hellip;]</p>

काठमाडौं । पटक पटक बाढी पीडित बनेकाे लिवर्टी ईनर्जी कम्पनीले संकट टार्न अनेक विकल्प अगाडि सारेकाे छ । उसले बैंकबाट ऋण लिने, हकप्रद सेयर निष्काशन गरेर सेयरधनीबाट पुँजी संकलन गर्ने र उपयुक्त कम्पनीसँग मर्ज पनि गर्ने विकल्पहरू अगाडि सारेकाे छ ।

कम्पनीले ११ औँ, १२ औँ र १३ औँ गरी तीन वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ । बैशाख २५ गते बाेलाइएकाे कम्पनीको वार्षिक साधारण सभामा चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने, चुक्ता पूँजी र सञ्चित मुनाफाभन्दा बढि हुने गरी लिएको ऋण अनुमोदन गर्ने र थप ऋणका लिने विशेष प्रस्ताव पेस गर्दैछ । साथै, जलविद्युत कम्पनीहरु गाने/गाभिने तथा प्राप्ति, खरीद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने र हाल कम्पनीको स्वामित्वमा रहेका निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरुको निर्माणका लागी आवश्यक पूँजी व्यवस्थापन गर्ने प्रस्ताव गरेको छ ।

लिवर्टी ईनर्जी कम्पनीले ३ वर्षअघि सर्वसाधारणलाई ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँको सेयर जारी गरेपछि चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याएकाे थियाे । याे कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन । ३ अर्ब ५० करोड रुपैयाँ अनुमानित लागत रहेकाे याे परियाेजना सम्पन्न हुँदा ५ अर्ब रूपैयाँ लागत परेकाे थियाे ।

सन् २०१९ र सन् २०२१ मा आएको बाढीले आयोजनामा पुनः क्षति पुर्याएकाेले लागत बढेकाे कम्पनीका अधिकारीहरूले बताएका छन् । निर्माण लागत बढेकाे कारण कम्पनीले पुनः सर्वसाधारण लगानीकर्ताबाटै रकम उठाउने योजना बनाएको छ ।

कम्पनीले लमजुङको दोर्दी गाँउपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो ‘दोर्दी ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत मंसिरदेखि विद्युत उत्पादन पनि गरिरहेको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको कम्पनीले अन्य आयोजना निर्माण गर्न थप ऋण उठाउने तयारी गरिरहेको बताएको छ ।

कोरोना महामारी र बाढी पहिरोका कारण थला परेकाले बैंकबाट ऋण उठाउने र सर्वसाधारणबाट हकप्रद सेयरमार्फत् रकम संकलन गर्न लागिएकाे सञ्चालक राम बहादुर पाण्डेयले बताए । कम्पनीले ‘दोर्दी ए’ आयोजना निर्माणका लागि बैंकबाट ३ अर्ब रुपैयाँ कर्जा लिएको थियाे । सो कर्जाको १२/१३ प्रतिशतसम्म ब्याजदर तिरिरहेको कम्पनीले जनाएको छ । बैंकको ब्याजसहित आयोजनाको लागत बढेर ५ अर्बको हाराहारी पुगेको उनले बताए ।

गत मंसिरमा बत्ति बाल्न थालेपछि आयोजनाबाट उत्पादन भएको विजुली बिक्री गरेको आम्दानीले अहिले बैंकको कर्जा तिरिरहेको छ । कम्पनीले ७५ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेर ३ अर्ब पूजी पुर्याउने योजना बनाएकाे उनले बताए । उनका अनुसार ७५ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेर १.६ मेगावाटको लमजुङ्गको लोदो खोला आयोजना र २४.६ मेगावाटको बागलुङको बडिगाड खोला आयोजना निर्माण गर्ने योजना रहेको उनले बताए ।

सञ्चालक पाण्डेयका अनुसार लोदो खोला आयोजनाको अनुमानित लागत ३३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयर जारी गरेर सो आयोजनाका लागि पहिलो चरणमा ८ करोड रुपैयाँ मात्रै छुट्याइने छ । पीपीए गर्न बाँकी रहेकाले कूल लागत कति हुने भनेर सबै हिसाब आउन बाँकी रहेको उनको भनाइ छ ।

साथै, बडिगाड खोला आयोजनाको डिपीआर सम्पन्न भइसकेको भएपनि पीपीएको लाइनमा रहेको उनले बताए । पीपीए सम्पन्न हुने बित्तीकै आयोजना अघि बढ्ने उनको भनाइ छ । पीपीए भइसकेपछि बजार मूल्य हेरेर मात्र आयोजनाको स्पष्ट लागत आउने उनले बताए ।

‘हकप्रद सेयर बिक्री गरेर रकम आउन अझै एक डेढ वर्ष जति लाग्छ, त्यो बेलामा ब्याजदर, डलर लगायतको मूल्यका आधारमा आयोजनाको कूल लागत निकाल्छौं, आयोजनामा हामीहरु प्नि लगानी गर्छाैं,’ उनले भने ।

कम्पनीका प्रबन्ध निर्देशक (एमडि) डा. आत्माराम घिमिरेका अनुसार नेपाल विद्युत प्राधिकरणले समयमै ट्रान्समिसन लाइन नबनाएकाले कम्पनीले ठूलाे क्षति बेहाेरेकाे बताए । अबको तीन महिनापछि उत्कृष्ट कम्पनीका रुपमा लिवर्टी ईनर्जी बन्ने उनको दाबी छ । उनले हकप्रद सेयर निष्काशन गरेर ऋणको ब्याज तिर्ने उनले बताए । साथै, कुनै राम्रो कम्पनी आयो भने मर्ज गर्न तयार रहेको उनको भनाइ छ ।

‘सुख्खा सिजनमा पनि १५/२० प्रतिशत विद्युत उत्पादन भइरहेको छ, बाढीका कारण मात्रै आयोजना विबग्रिएको हो, हामीले नियन्त्रण गर्न नसक्ने भएकाले पनि ठूलो क्षति पुर्यायो, बैंकको ब्याजले पनि सताएको थियो, अब बैंकको ब्याज पनि धमाधम तिरिरहेका छौं,’ उनले भने, ‘बैंकबाट ऋण उठाउने तयारी छ, कम्पनीले २०९२ साल सम्ममा बैंकको ऋण चुक्ता गर्ने लक्ष्य छ ।’

 

Share News