एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो ।

चालू आवको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३ प्रतिशत बढेर १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर २ अर्ब ९० करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोष २० प्रतिशत बढेर ३६ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोष ४९ प्रतिशत बढेर १७ करोड १८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अुपात ६८१० गुणा रहेको छ ।

Share News