आइजीआई प्रुडेन्सियलका अध्यक्ष हेमराज ढकालले लिए सपथ

<p>काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिलले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने [&hellip;]</p>

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिलले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

Share News