आइजीआई प्रुडेन्सियलको एकिकृत कारोबार सुरु

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ ।

नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश भक्त बादे श्रेष्ठ र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) श्रवण रावल बनेका छन् ।

अध्यक्ष ढकालले दिउँसै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

Share News