काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.६४ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको कूल बीमा शुल्क ८.३२ प्रतिशत घटेर २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९९ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।
९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४४.१२ प्रतिशत बढेर ७८ करोड ३१ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ३०.४९ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र जीवन बीमा कोष ४८.२३ प्रतिशत बढेर ६ अर्ब २० करोड २७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.६१ रुपैयाँ रहेको छ ।