जेठ ७ गतेदेखि कृषि बीमाको कुनै पनि भुक्तानी नहुने

<p>काठमाडौं । नेपाल बीमक संघले कृषि सम्बन्धी सबै बीमा लेख जारी र भुक्तानी गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ । संघले सोमबार एक विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि यो निर्णय लागु हुने जनाएको छ । सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषि सम्बन्धी सबै बीमा लेख जारी गर्ने र भुक्तानी [&hellip;]</p>

काठमाडौं । नेपाल बीमक संघले कृषि सम्बन्धी सबै बीमा लेख जारी र भुक्तानी गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ । संघले सोमबार एक विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि यो निर्णय लागु हुने जनाएको छ ।

सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषि सम्बन्धी सबै बीमा लेख जारी गर्ने र भुक्तानी गर्ने काम स्थगित गरिने संघले बताएको छ ।

‘कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सो संग सम्बन्धित क्षतिको दावी भूक्तानी दिन कम्पनीहरु असमर्थ रहेको साथै बीमालेखको बीमाँकमा कृषि विभागको असहमति रहेकोले बीमाँक एकिन नगरि दावी भूक्तानी दिन नसकिने भएको ले मिति २०८०।०२।०७ देखि कृषि सँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दावी भूक्तानी दिन स्थगन गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

सरकारले बीमा कम्पनीहरुलाई कृषि बीमाशुल्कमा तोकेको तीन अर्ब अनुदान रकम बाँकी रहेको छ । बीमा कम्पनीहरुले सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र प्राप्त गर्ने गरेका छन् ।

Share News