महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, प्रभुसँग १:१ अनुपातमा मर्ज हुने

<p>काठमाडौं । प्रभु लाइफसँग मर्जरमा जाने निर्णय पारित गर्न महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २६ गते बिहान ११ बजे होटल अकामा धुम्बाराही काठमाडौंमा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले प्रभु लाइफ इन्स्योरेन्ससँ मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी र प्रभु लाइफ [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफसँग मर्जरमा जाने निर्णय पारित गर्न महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २६ गते बिहान ११ बजे होटल अकामा धुम्बाराही काठमाडौंमा बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले प्रभु लाइफ इन्स्योरेन्ससँ मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी र प्रभु लाइफ एक आपसमा गाभिए पश्चात प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय गर्ने छ । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् ।

साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

Share News