काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ २२ गते प्रधान कार्यालयमा अपरान्ह ४ बजे बोलाएको हो ।
संस्थानको सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थानको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नृपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयर मार्फत थप गर्नु पर्ने पूँजी रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, संस्थानको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक सीए राजकुमार शिवाकोटीलाई नियुक्तलाई अनुमोदन सभाले गर्नेछ ।